
केहि दिअघि काठमाडौँबाट विराटनगर तर्फ उडेको बुद्धएयरको प्लेनमा आकस्मिक समस्या देखिएपछि सफतापुर्वक सुरक्षित ल्याण्डिङ गराएका पाइलट आंगेलु शेर्पा र पेमा लामालाई उडान गर्न रोक लगाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणले बुद्धएयरका पाइलट आंगेलु शेर्पालाई उडान भर्न रोक लगाएको हो । उक्त दिन के भएको थियो र किन प्लेनमा समस्या देखिएको भन्दै घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ ।
घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । उनले भने, ‘यो नियमित पक्रिया हो ।
गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो। सो विमान पाइलट आंगेलु शेर्पा र पेमा लामाले चलाएका थिए । विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो ।
पुस्तक दिएपछि पेमासँग प्रेमः पेमा लामालाई नेपालकै सुन्दरी पाइलटका रुपमा चिनिन्छ । विगत ९ वर्षदेखि बुद्धएयरको जाहान उडाउदैँ आएकि पेमा नेपालकै २९ महिला पाइलट मध्यकि एक हुन् । ३० वर्षिया पेमा सोलुको फाप्लुमा जन्मिएकि हुन् । छोरी पाइलट भइदिए हुन्थ्यो भन्ने बुबाको चाहनालाई आत्मशात गर्दै पेमा पाइलटको पढाईमा लागेकि थिइन् । पेमाले आंगेलु शेर्पासँग पाईलट पढाई र पेशाका बारेमा जानकारी लिएकि थिइन् । उक्त समयम आंगेलु बुद्धएयरमै कार्यरत थिए । आंगेलुले ‘फ्रम द ग्राउण्ड अफ’ पुस्तक पेमालाई पढ्न दिए । तीनै आंगेलुसँग पेमाको विवाह भएको थियो ।