latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, ३ पुस । आइतबार बेलुकी कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिष्पर्धा गर्दैछन् । दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम्तयारीका साथ लागि परेका छन् ।

स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन् ।

यो उच्चस्तरीय प्रतिष्पर्धालाई बलिउड अभिनेता शाहरुख खान पनि प्रतिक्षा गरिरहेका छन् । शाहरुख लियोनल मेसीका फ्यान हुन् । शाहरुखले शनिबार सामाजिक सञ्जालको आफ्नो अफिसियल ट्वीटर हेण्डलमा आस्कसरुक ट्रेण्ड चलाएर कैयौं फ्यानको प्रश्नको जवाफ दिएका थिए ।

एसजे नामका एक प्रयोगकर्ताले शाहरुखलाई ‘भोलि फिफा विश्वकप फाइनलमा तपाईं कसको समर्थन गर्दै हुनुहुन्छ?,’ भनी सोधेका थिए ।

शाहरुखले ‘अरे यार मुटु भन्छ मेसी । तर एम्बाप्पे पनि हेर्न लायक छन्’ भनी जवाफ दिएका थिए । शाहरुख अभिनित फिल्म ‘पठान’ रिलिजको तयारीमा छ । यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय