latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्रो लाग्छ ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।विनिताको अहिले पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।आफ्नै कथा र भोगाइ भएको गीतमा बिनिताले अभिनय गरेकी छिन् ।बुबा विदेशमा बि रामी भएको र यता घरमा आमाले छो डेर हिडेपछी भोगिएको दुखलाई गीतमा समेटिएको छ ।

बिनिता अहिले काठमाडौबाट आफ्नो घर गएकी छिन् ।उनले आफ्नो उक्त भिडियो हेरेपछि निकै भावुक भएकी थिइन् ।विभिन्न ठाँउबाट बिनितालाई आएको सहयोगले उनी स्कुल गएर पढ्नमा खर्च गर्ने बताएकि छिन् ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय