latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
खोटाङ, ३ पुस
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभुति दिलाउने लक्ष्यका साथ गाउँपालिकाले सबै वडामा पुगेर सडक, पुल, भवन, सिँचाई, खानेपानी लगायतका वडास्तरिय योजना तथा कार्यक्रमको सम्झौता गरेको हो ।

चालु आर्थिक वर्ष ०७९-०८० का लागि विनियोजित योजना तथा कार्यक्रम सञ्चालनार्थ गाउँपालिकाले २६ मंसिरदेखि २ पुसम्ममा वडा–वडामा सम्झौता शिबिर सञ्चालन गरेको थियो ।

गाउँपालिकाका सात वटै वडामा पुगेर पुँजीगततर्फका ९८ वटा वडास्तरिय योजना तथा कार्यक्रम सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी एवं प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख पिएस्पी चाम्लिङ राईले बताए । हालसम्म गाउँपालिकाको कार्यालयमा बोलाएर योजना सम्झौता गर्नेरगराउने गरिएकामा यसपल्ट वडा वडामै पुगेर सम्झौता गरिएको हो । वडाबाट योजनाको सम्झौतासँगै इलेक्ट्रोनिक फाइनान्सियल ट्रान्सफर (इएफटी)मार्फत वडाबाटै भुक्तानी दिने र फरफारक गर्नरगराउनका लागि पहल भइरहेको सूचना अधिकारी राईले जानकारी दिए ।

२६ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा, २७ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका लागि ओख्रे ९डाँडागाउँ०मा, २८ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा, २९ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा, १ पुसमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र २ पुसमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा कार्यक्रम गरेर योजना सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । कृषि तथा पशुसेवा सम्वन्धी योजना तथा कार्यक्रम भने पालिका स्तरिय कृषि विकास समितिको निर्णयपछि मात्र सम्झौता गरिने छ ।
गाउँपालिकामा पुँजीगत, चालु लगायत सबै किसिमका गरी ३०७ वटा योजना तथा कार्यक्रमहरु छन् । त्यसमध्ये २६ वटा पालिका स्तरिय योजना छन् । गत १९ मंसिरदेखि २१ मंसिरसम्म वडा तथा पालिका स्तरिय उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, संघसंस्था तथा समुहलाई योजना सञ्चालन तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराएपछि योजना सम्झौता गरिएको हो ।

छुट भएका उपभोक्ता समितिलाई भने गाउँपालिकामै बोलाएर सम्झौता गरिनेछ । वडा स्तरिय योजना तथा कार्यक्रम सम्झौताका लागि गाउँपालिकाले सामुदायीक विद्यालय, संघसंस्था, समुह तथा गठित उपभोक्ता समितिलाई सूचनामार्फत आवश्यक कागजात सहित तोकिएको स्थानमा उपस्थितिका लागि आव्हान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय