latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, २ पुस

हलिउड अभिनेत्री एन्जेलिना जोलीले संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीसँग २० वर्षभन्दा बढी काम गरेपछि युएनएचसीआरको विशेष दूतको भूमिकाबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।

विगत दुई दशकहरूमा आफ्नो घरबाट विस्थापित लाखौं मानिसहरूको दुर्दशामा स्पटलाइट चम्काउँदै, ४७ वर्षीय जोलीले युएनएचसीआरसँग ६० भन्दा बढी फिल्ड मिसनहरू सम्पन्न गरिसकेकी छिन् ।

२० वर्ष संयुक्त राष्ट्रसंघीय प्रणालीमा काम गरेपछि मलाई लाग्छ कि यो मेरो लागि फरक तरिकाले काम गर्ने, शरणार्थीहरू र स्थानीय संगठनहरूसँग प्रत्यक्ष संलग्न हुने र समाधानका लागि उनीहरूको वकालतलाई समर्थन गर्ने समय हो भन्ने मलाई लाग्छ’, जोलीले एक विज्ञप्तिमा भनेकी छिन ।

शरणार्थी र अन्य विस्थापित मानिसहरूलाई सहयोग गर्न आउने वर्षहरूमा सहयोग जारी राख्ने उनले बताएकी छिन् । ओस्कार विजेता जोलीले सन् २००१ देखि युएनएचसीआरमा काम गरिरहेकी छिन् र सन् २०१२ मा विशेष दूत बनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय