latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

वीरगन्ज, १ पुस

भारतबाट तस्करी गरेर वीरगन्जमा भण्डारण गरी राखिएका खाद्यान्नलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । वीरगन्ज महानगरपालिका- ११ रानीघाटस्थित घरमा गोदाम बनाएर तस्करहरूले भण्डारण गरी राखेका २१ लाखभन्दा बढी मूल्यको चामल, मैदालगायतका सामान बरामद गरिएको वीरगञ्जले जनाएको छ।

सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको संयुक्त टोलीले बिहीबार बेलुकी रानीघाटका चारवटा गोदममा छापा मारेर ती सामान बरामद गरेको हो ।

प्रहरीले रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोद कुमार साहको अनाधिकृत रूपमा गोदाममा लुकाएर राखिएका २८१ क्वीन्टल चामल, १० क्वीन्टल मैदा, २ कार्टुन सर्जिकल मेडिकल सामग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे गरी २१ लाख १६ हजार ४ सय रुपैयाँ मुल्यका सामान बरामद गरिको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

बरामद सामग्रीहरू अनुसन्धान तथा आवश्यक कारबाहीका लागि शुक्रबार दिउँसो वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय