न्युज कारखाना
काठमाडौं, १ पुस

वातावरण विभागले १ पुसदेखि प्रदूषण जाँचपास नभएका सवारीसाधनहरूलाई कडाइ गर्ने भएके छ । वातावरण विभागले गत २२ मंसिर नै सूचना जारी गरेर १ पुसपछि नियमित जाँच हुने तथा त्यसमा पास नभएका सवारीसाधनलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको थियो ।

आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने विभागले सूचना जारी गरेकाे छ । सवारीसाधनको मर्मत गर्न र वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा पर्ने भएका छन् । विभागले वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको जनाएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहाेर जलाउने तथा खुलारूपमा फोहाेर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारूपमा फोहाेर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय