latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
खोटाङ, १ पुस
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ ।

१६ असार ०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्ट्रक्सन बिरेन्द्रनगर, सुर्खेत सम्पर्कविहीन बनेको हो । करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको २३ लाख ९५ हजारमा केपी कन्ट्रक्सनले रोड र ड्रेनको अपग्रेडेसन तथा इम्प्रोभमेन्टको ठेक्का लिएको थियो ।

केपी कन्ट्रक्सनले २७ फागुन २०७८ मा आरसिसि ढलानको ठेक्का सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए । माटो, सडक सोलिङ र ड्रेनको काम सकेपछि निर्माण व्यवसायीले बाँकी काम अलपत्र छाडेको हो । सडकमा रड राखेर ढलान गर्न मात्र बाँकी छ । तर निर्माण कम्पनीले हालसम्म कुनै पनि भुक्तानी नलिएको इन्जिनियर मण्डलले बताए ।

निर्माण व्यवसायीले निर्माणस्थलमा रड, गिटी बालुवा लगायतका निर्माण सामग्री ल्याइसकेका छन् । निर्माणस्थलमा ल्याइएका सिमेन्ट बिग्रिसकेका छन् । ढलानमा ढिलासुस्ती हुँदा सम्पन्न भइसकेको काम समेत भत्किन थालिसकेको छ । ऐसेलुखर्क बजार प्रवेश गर्ने ठाउँबाट बजार ढलानको काम सुरु गरिएको थियो । निर्माण व्यवसायीलाई पटक–पटक सम्पर्क गर्दा पनि ढाँट्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

निर्माण व्यवसायीलाई सम्पर्क गरेर सोधखोज गर्दा भाका राख्ने तर भनेको समयमा नआउने गरेको पालिकाबासीको गुनासो छ । करिब छरसात महिनापछि सम्पर्कमा आएका निर्माण व्यवसायीले पुःन केही हप्तापछि काम सुचारु गराउने भनेको इन्जिनियर मण्डलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय