latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, २७ मंसिर

नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा मंसिर २७ गते मंगलबार अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहने कम्पनीहरूले बोलकबोल अनलाइनबाटै पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

साथै, विकास ऋणपत्र २०८२ ‘छ’ नामक ऋणपत्रको ३ वर्षको अवधि रहनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सर्वसाधारण नागरिक तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ ।

यहि मंसिर २८ गते ऋणपत्र निष्काशन र साँवा भुक्तानी गरिनेछ । यसको व्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ र आर्जित व्याजमा व्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । सहभागीहरूले प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा रहेर ऋणपत्र बिक्री गर्न सक्नेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १.७ अर्ब र ३ करोड रुपैयाँ छुट्याइएको छ । व्याजदरलाई बोलकबोलले कबोल गरेको सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिनेछ ।

साथै रकममा भएको कटअफ व्याजदरलाई एकल व्याजदरमा कायम गरिने र व्याजदरभन्दा तल सबै बोलवालाहरुलाई एकल व्याजदरमा ऋणपत्र प्रदान गरिनेछ । यस बैंकबाट इजाजतपत्र प्राप्त भएका (क,ख र ग) वर्गका बैंक तथा वित्तिय संस्थाले अप्रतिस्पर्धीको रुपमा भग लिन पाउने छैन्न ।

ऋणपत्र घटिमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय