latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
खोटाङ, २६ मंसिर

जिल्ला अस्पताल खोटाङको एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरहरू नहुँदा अस्पतालको एक्सरे सेवा बन्द भएको हो ।

कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बाबुको उपचारका सिलसिलामा भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्सरे सेवा बन्द गरेकाे जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए । जिल्ला अस्पतालले आइतबार २५ देखि २९ मंसिरसम्मका लागि एक्सरे सेवा बन्द गरिएको सूचना जारी गरेको थियो ।

जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्सरे हुने गरेको छ । एक्सरे गर्न आएका बिरामी अन्यत्र गइरहेका छन् । एक्सरेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । एक्सरे गर्न जिल्ला अस्पताल पुग्दा १ पुसमा आउन भनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका कम्पसेर राईले बताए ।

बाबुको उपचारमा एक जना रेडियोग्राफर भारत गएपछि १५-२० दिनदेखि एक्लै काम गर्दैआएका रेडियोग्राफर पनि बिदामा बसे । त्यसपछि एक्सरे सेवा बन्द भएको हो । वैकल्पिक व्यवस्थाका लागि केहि रेडियोग्राफरलाई बोलाएकाे भए पनि जिल्ला अस्पतालको एक्सरे मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा. यादवले बताए । एक्सरे सेवालाई नियमित गराउनका लागि पहल भइरहेको छ ।

जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय