latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एजेन्सी
न्युयोर्क, २६ मंसिर

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले प्रायः बारम्बार अन्तरिक्षका तस्बिर र भिडियो सार्वजनिक गर्छ । हालै उसले शनि ग्रहको आकर्षक तस्बिर सार्वजनिक गरेको छ, जसलाई लिएर इन्टरनेट प्रयोगकर्तामा चासो बढेको छ । नासाले क्यासिनी अन्तरिक्ष यानले खिचेको एउटा पुरानो तस्बिर सेयर गरेको छ जसमा शनिलाई गोलाकार रिङको रूपमा देखाइएको छ ।

‘सौर्यमण्डलको रत्नसमेत भनिने शनि ग्रह मात्र होइन, यसका रिङहरू हाम्रो सौर्य प्रणालीका सबैभन्दा जटिल र उत्कृष्ट छन्’, नासाले तस्बिरको वणर्न गर्दै लेखेको छ । तस्बिर पोस्ट गरेपछि धेरै मानिसको ध्यान केन्द्रित भएको छ ।

अर्का एक व्यक्तिले नासाको पोस्टबारे लेखेका छन् ‘ सुन्दर तस्विर ।’ त्यस्तै अर्का लेख्छन ‘कस्तो उत्कृष्ट ब्रह्माण्डीय तस्बिर ’ । ‘अन्तरिक्ष एकदमै आकषर््ाक छ’, एक प्रयोगकर्ताले भनेका छन् । कतिपयले तस्बिरमा विश्वास गरेका छैनन् ।

उक्त तस्बिर सन् २०१२ मा क्यासिनी अन्तरिक्ष यानद्वारा खिचिएको थियो । नासाका अनुसार क्यामेराहरू शनि र सूर्यतिर घुमाइएको थियो, जसका कारण ग्रह र रिङ टल्किएका छन् । इन्फ्रारेड, रातो र बैजनी स्पेक्ट्रल फिल्टर प्रयोग गरी तस्बिर खिचिएको नासाले जनाएको छ ।

नासाको हबल स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डका हजारौं चम्किलो तारा रहेको ‘ग्लोबुलर क्लस्टर’को तस्बिर पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय