latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, २६ मंसिर

अदालतमा मुद्दामामिला झेलेको अवस्थामा मदिरा तथा चुरोटमा टाँसिने अन्त:शुल्क स्टिकर नै अभाव भएपछि अर्थ मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रलाई स्टिकर छाप्न आग्रह गरेको थियो । गत वर्ष पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माले पनौतीस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रेसको निरिक्षण गर्दै यस्तो आग्रह गरेका थिए ।

यता आन्तरिक राजस्व विभागले स्टिकर छपाइको ठेक्का मद्रास सेक्युरिटी प्रिन्टिङलाई दिएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अहिले मद्रास सेक्युरिटीले मुद्दा जितेर ठेक्का पाइसकेको छ ।

अन्त:शुल्क स्टिकरको छपाइमा सुरक्षण मुद्रण केन्द्रले बल्ल ठेक्का लगाएको छ । यसअघि आन्तरिक राजस्व विभागले झन्डै एक अर्बको ठेक्का लगाइसकेको छ।

केन्द्रले ३८ करोड ६७ लाख रुपैयाँमा प्रिन्ट सेल प्रालीलाई स्टिकर छपाइ र वितरणको ठेक्का दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय