latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
उदयपुर, २६ मंसिर

उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिलासहित २० पाईलटले एकै दिन प्याराग्लाईडिङ उडान भरेका छन । उडान भने फ्लाईङ् वन्डर प्याराग्लाईडिङ प्राईभेट लिमिटेट गाईघाटका प्रशिक्षार्थाीले गरेका थिए । कम्पनीबाट विभिन्न कोर्ष गर्ने देशभरका करिब २० विद्यार्थीहरुले उडानलाई सफलताका साथ ल्याण्डिङ गरेका जिल्ला साइक्लिङ संघ उदयपुरका अध्यक्ष जितु राईलाले जानकारी दिए ।

रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै उदयपुरको परिचयलाई देश विदेशमा परिचित गराउँदै विदेशी पाईलटहरुलाई समेत आकर्षित गर्ने उदेश्यले रौताबाट गाईघाटसम्म लामो उडान गरेको राईलाले जनाए । ती विद्यार्थीहरुले प्रशिक्षण र विद्यालयको अनुमतिमा रौताबाट सीधै गाईघाटसम्मको लामो उडान गरेका थिए ।
विदेशी पाईलटहरुलाई नेपालमा पनि प्रचुर सम्भावित ठाउँहरु छ भन्ने देखाउँदै बाह्रय पर्यटकको आकर्षण गर्ने उद्देश्यले उडान भरेको जनाइएको छ ।

शनिबार रौता पोखरीको खर्कमा उडान हेर्न स्थानीयहरु निकै उत्साहित भए । रौता दर्शन गर्न पुगेका आन्तरिक पर्यटकसमेत उडान हेर्न खर्क डाँडामा पुगेका थिए । रौताबाट सीधै गाईघाटमा अवतरण गर्न उडेका प्याराग्लाईडिङहरु हावा र मौसमका कारण गाईघाट पुग्न सकेनन् । मौसमको प्रतिकूलताका कारण बरुवा पुल तथा बेलदोभान बाबरीको फिल्डमै ल्याण्ड गरेका थिए । अहिले सम्म कुनै पनि कम्पनी वा व्यक्तिहरुले रौताबाट कहिल्यै उडान गरेका थिएन । पाईलटहरुलाई पूर्व वडाअध्यक्ष खगेन्द्र रास्कोटी स्थानीय नेता र रौताबासीहरुले भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय