latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
उदयपुर, २६ मंसिर
समानुपातिकमा प्रदेश सभा १ मा उदयपुरबाट चार जना महिला सांसद छनोट भएका छन । मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको हो । गत २०७४ को निर्बाचनमा प्रतिनिधिसभा तर्फ २ र प्रदेश तर्फ ४ सांसद पाएको उदयपुरले यस पटक भने प्रतिनिधि सभा तर्फ रित्तो हुन पुग्यो ।

नेकपा (एमाले)बाट २, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट १–१ जना महिलाले प्रदेश १ को समानुपातिक सांसद हुने मौका पाएका छन् । सब भन्दा धेरै मत पाएको एमालेले सृजना दनुवार र गीतादेवी रेग्मीलाई सांसद बनाएको छ । कांग्रेसबाठ लिलादेवी राई र माओवादी केन्द्रबाट सम्झना तामाङ (योद्धा) समानुपातिकमा परेका छन् ।

प्रदेश १ मा खसेको १८ लाख १३ हजार २ सय ६५ मत मध्ये सब भन्दा बढी ६ लाख ६५ हजार ४ सय ६० मत पाएको एमालेले २५ सांसद पठाएको छ । दोश्रो ठूलो मत ५ लाख ६२ हजार ९ सय ७६ पाएको कांग्रेसले १७ जना सांसद बनाउँदा चौथो स्थान प्राप्त माओवादीले १ लाख ८१ हजार ४ सय ४५ मत पाएर ९ जना सांसद पठाएको छ । १ लाख ९२ हजार ५ सय ११ मत पाएर तेश्रो बने पनि राप्रपाले भने उदयपुरलाई समानुपातिकको स्थान दिएको छैन । जसपा, लोसपा लगायत विभिन्न ३६ दलले भाग लिए पनि समानुपातिक सीट कायम गर्न भने असमर्थ रहे ।

२०७४ को निर्बाचनमा उदयपुरले प्रदेश सभातर्फ ३ र प्रतिनिधि सभातर्फ २ गरी ५ जना समानुपातिक सांसद पाएको थियो । एमालेले कला घले र सुनिता चौधरीलाई तथा कांग्रेसले सञ्जाकुमारी दनुवारलाई समानुपातिक सांसद बनाएका थिए । प्रतिनिधि सभा तर्फ कांग्रेसकै प्रमीला राई र लक्ष्मी परियार समानुपातिकमा परेका थिए । यस पटक प्रदेशतर्फ माओवादीले एक जना पठाएको छ । यस अघिका निर्बाचनमा प्रदेशमा कांग्रेस र एमालेबाट दोहो¥याएर समानुपातिक पाए पनि माओवादी प्रदेशमा पुग्न सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय