latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

एजेन्सी
न्युयोर्क, २४ मंसिर

आगामी महिनाहरूमा अमेजनले कर्पोरेट कार्यकारीहरूसहित लगभग २० हजार कर्मचारीहरूलाई हटाउन सक्ने कम्प्युटरवल्र्डले रिपोर्ट गरेको छ । विश्वव्यापी रूपमा १६ भन्दा बढीलाई रोजागरी दिएको टेक जायन्टले सम्भवतः विभिन्न विभागका कर्मचारीहरूलाई बिदा गर्नेछ । यसमा वितरण कार्यकर्ताहरू, कर्पोरेट कार्यकारीहरू, र प्रविधि कर्मचारीहरू समावेश छन् ।

कटौतीले सबै तहका कर्मचारीहरूलाई हटाउने काममा असर पर्ने जनाइएको छ । अमेजनले १० हजार कर्मचारीहरूलाई बर्खास्त गर्ने योजना बनाएको गत महिना न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको थियो, जुन प्रविधि कम्पनीको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेवाला थियो । तर, अब बर्खास्त गरिएका कर्मचारीको संख्या दोब्बर हुन सक्ने रिपोर्टमा जनाइएको छ ।

अमेजनले विगत केही दिनमा आफ्ना प्रबन्धकहरूलाई उनीहरूले कर्मचारीहरू बीचको कार्यसम्पादनसँग सम्बन्धित विषयहरू पत्ता लगाउन भनेको छ। स्रोतका अनुसार बर्खास्त गरिएका कर्पोरेट कर्मचारीहरूले कम्पनीको सम्झौता अनुसार २४ घण्टाको सूचना र विच्छेदको तलब पाउनेछन् । जागिर कटौतीको बारेमा थाहा पाएपछि कर्मचारीहरू त्रसित बनेका छन् । कटौतीका लागि अमेजनले विशेष विभाग वा स्थानलाई निशाना बनाइरहेको प्राप्त विवरणमा जनाइएको छ । उक्त कदमले व्यापारभरका सम्पूर्ण कर्मचारी प्रभावित हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय