latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

बुटवल, २३ मंसिर

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थीबीच सहकार्यको सम्भावना नरहेको बताएका छन् । मुलुकमा एमाले मात्रै वा शक्ति रहेको दाबी गर्दै पौडेलले भने- ‘सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?’

शुक्रबार बुटवल कालिका क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवं वार्षिकोत्सव समारोहमा पौडेलले एमालेले अहिले सरकार निर्माणको प्रयास नगर्ने र सशक्त प्रतिपक्षीको भूमिकामा बस्ने बताए । ‘प्राप्त जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा बस्छ, हामी अहिले सरकारको दौडमा छैनौं’, उनले भने ।

बहुमत ल्याउने उद्देश्यसहित एमाले चुनावमा गए पनि त्यसअनुरूप परिणाम नआएकाले सरकार बनाउनेतर्फ एमालेको ध्यान नरहेको उनको भनाइ छ । ‘चुनावबाट हामीले बहुमत हासिल गर्ने लक्ष्य लिएका थियौं, तर त्यो सम्भव भएन, त्यसकारण हामी प्रतिपक्षमा बस्छौं’, पौडेलले भने ।

एमालेलाई कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले एमाले दोस्रो दल बन्न पुगेको भन्दै पौडेलले गठबन्धनले विभिन्न टुक्राटुक्री जोडेर सरकार बनाउने बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनना पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिनेदाबी पनि गरे ।

अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू पूर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको पौडेलले टिप्पणी गरे । प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि अहिलेको सरकारले विधि प्रक्रिया मिचेर हतार मन्त्रालय सार्ने निर्णय गलत भएको उनकाे भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका नयाँ दलहरूको उदयबारे सोधिएको प्रश्नमा नेता पौडेलले उनीहरूको कामबाट परीक्षा हुने टिप्पणी गरे । उनले बुटवल कालिका क्याम्पसले छोटो अवधिमै उल्लेख्य प्रगति गरेकोमा सराहना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय