latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
सुर्खेत, २३ मंसिर

संसदीय समितिबाट विधेयक अघि बढ्न नसकेका कारण कर्णाली प्रदेशसभाका ११ वटा विधेयक निष्क्रिय भएका छन् । कर्णालीका प्रदेश सभा सदस्यहरूको स्वार्थ बाझिएका कारण प्रक्रियामा नगएपछि विद्धेकहरू निष्क्रिय भएका हुन्।

कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठानको विधेयकसहित अन्य १० विधेयकहरू सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएका छन्  । ६४ विधेयकमध्ये ५३ विधेयक पारित भएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बताए ।

सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, दलित अधिकार प्रवर्द्धन सशक्तीकरण र विकास विधेयक, उपभोक्ता संरक्षण विधेयक, कृषि व्यवसाय प्रवर्द्धन विधेयक, नवप्रवर्तन अन्वेषण तथा आविष्कार, प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक, प्रदेश निजामती सेवाको गठन विधेयक, पूर्वाधार विकास प्राविधिकरण गठन विधेयक र पर्वतीय विज्ञान तथा प्राविधिक विश्वविद्यालय र शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक निष्क्रिय भएका छन् ।

झन्डै दुई वर्षअघि आन्तरिक मामिला ता कानुन मन्त्रालयले कर्णाली सूचना तथा आमसञ्चार प्रतिष्ठान विधेयक प्रदेशसभामा दर्ता गर्‍यो । २५ कात्तिक २०७७ मा दर्ता भएको विधेयक सांसदहरूको सुझाव र संशोधन प्रक्रिया सकिए पनि प्रदेश मामिला तथा विधायन समितिमा अड्किएको छ । अघिल्लो कार्यकालमा दर्ता भएका विधेयकहरू अहिले आवश्यक परेको खण्डमा पनि प्रयोग गर्न सकिने सचिव बढाथोकीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय