latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, २३ मंसिर

लुमन्ती नामक गैरसरकारी संस्थाको आवासका लागि सहयोग समूहअन्तर्गत भूकम्प पिडितहरुको लागि सुन्दरबजार नगरपालिकामा निर्माण गरिन लागेका दुई कोठे घरको शिलान्यास भएको छ ।

सिआरएस नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा लुमन्तीले सुन्दरबजार नगरपालिकामा २० वटा, दोर्दी गाउँपालिकामा १६ वटा र दूधपोखरी गाउँपालिकामा चारवटा दुई कोठे घर निर्माण गर्दैछ ।

सम्बन्धित घरधनीको समेत सहभागितामा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुका लागि दुई कोठे भवन निर्माण गर्न लागिएको लुमन्तीका आवास संयोजक उज्वल अधिकारीले जानकारी दिए । उनका अनुसार सुन्दरबजार नगरपालिका–७ बाट घर निर्माण कार्य सुरु भएको बताए ।

लुमन्तीले विपन्न वर्ग र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि घर निर्माणमा ५० हजार रुपैयाँ अनुदान दिने, सामान उपलब्ध गराउने र घर बनाईदिने गरी तीन किसिमका कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

अघिल्लो वर्ष परियोजनाले ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो । यससँगै सप्रोस नेपालले लाईभलिहुड कार्यक्रम सञ्चालनसमेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय