latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, २३ मंसिर
लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षदेखि नयाँ सडक ट्रयाक नखोल्ने जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरेपनि नयाँ सडक ट्रयाक खोल्ने कार्यक्रम नरहेको जनाएको हो ।

नगरपालिका अन्तर्गतका प्रायः गाउँ बस्तीमा सडक ट्रयाक पुगिसकेको भन्दै नयाँ ट्रयाक खोल्ने कार्यक्रम नरहेको नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए ।

यसअघि खोलिएका सडक जीर्ण अवस्थामा रहेकोले ती सडकमा बाह्रै महिना यातायात सुचारु हुनेगरी स्तरोन्नति गर्ने नगर प्रमुख गुरुङको भनाइ छ ।

जीर्ण सडक मर्मतमा वर्षेनि लाखौँ खर्च गरेपनि प्रत्येक वर्षाको समयमा पुनः सडक भत्किने हुँदा त्यस्ता सडकलाई व्यवस्थित गर्ने तर नयाँ सडक खोल्ने विषयलाई प्राथमिकतामा नराखिएको गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय