
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सह भागीहुन पुगेका प्रतिनिधिहरुलाई होटल ए वान प्यालेस ले खानाको व्यवस्था गरेको छ । प्रतिस्पर्धाको आधारमा ए वानले एमालेका प्रतिनिधिलाई खाना खुवाउने जिम्मे वारी पाएको केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङ ले जानकारी दिए ।विहान ९ बजेदेखि ११ बजेसम्म खाना खाने समय भए काले २६ वटा काउन्टरबाट व्यवस्थित ढंगले खाना को व्यवस्थापन भएको ए वानका सञ्चालक राकेश श्रेष्ठले नेपाल प्रेसलाई बताए त्यसका लागि ३ सय जना कर्म चारी खटिएको उनले जानकारी दिए ।
दिउँसो एक छाक खाना खुवाउनेजिम्मा पाएको ए वान ले दालभात, तरकारी, खसी र कुखुराको मासु लगाय तका व्यञ्जनको व्यवस्था गरेको छ । स्वस्थ र सफा खाना खुवाउने चेन पार्टी प्यालेस तथा होटलका रुपमा स्थापित ए वानका काठमाडौं उपत्यकामा मात्र २० वटा शाखा रहेको उनले बताए ।
ए वान होटल,ए वान पार्टी प्यालेस र ए वान रेष्टुरेन्ट सन्चालन गर्ने टिममा रामेछापका युवा व्यवसायी छन् २ घण्टाभित्र खाना खुवाइ सक्ने गरी ८ हजार जना सम्म लाई पुग्ने परिकार तयार पारिएको श्रेष्ठले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता हरुको स्कर्टिङबाट विधान महाधिवेशन स्थल गोदावरी जाने भएका छन् । ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरी पुर्याइने भएको हो ।
गोदावरीस्थित सम्मेलन केन्द्रमा आजबाट सुरुहुने विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष ओलीले गर्दैछन् । अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् ।
उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझाव लाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ । विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्य हरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका
सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उप प्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटी का प्रतिनिधिहरु सहभागी रहन्छन् ।