latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, २२ मंसिर ।

मधेश प्रदेशसभाको कूल ६४ सिटमध्ये ४ सिटमा महिला उम्मेदवार विजयी भएका छन् । जसमध्ये एक स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएकी हुन् । स्वतन्त्र उम्मेदवारीबाट विजयी हुनेमा सुरिताकुमारी साह रहेकी छन् ।

उनले महोत्तरी क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट विजयी भएकी हुन् । ५६ वर्षीय साहले ८ हजार ५६८ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेश्वर यादवलाई पराजित गर्दै साह विजयी भएकी हुन् ।

कांग्रेसका यादवले ६ हजार ८०२ मत ल्याएका थिए । लालटिन चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार रहेकी साहले स्नातकोत्तर गरेकी छन् । विसं. २०२२ फागुन ११ गते जन्मिएकी साह यसअघि सामाजिक क्षेत्रमा सक्रिय थिइन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट वेची लुंगेलीले पनि प्रत्यक्षतर्फ चुनाव जितेकी छन् । लोकतान्त्रिक समाजवादीका तर्फबाट रानीकुमारी तिवारी निर्वाचित भएकी छन् । नेकपा एमालेका तर्फबाट शारदादेवी थापा रहेकी छन् । उनले महोत्तरी प्रदेश सभा १ बाट विजयी भएकी हुन् । यस प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । उसले १५ सिटमा जित निकालेको छ । दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

कांग्रेसले ६४ सिटमध्ये १३ सिट जितेको छ । यस्तै जनता समाजवादी पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ७ , जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादी ४ र स्वतन्त्रले ६ सिट जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय