latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

काठमाडौं, २२ मंसिर । दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दोलखा नगरपालिका ३ चरिकोटबाट सोही ठाउँका स्थानीय ७० वर्षीय जनक बहादुर कार्की पक्राउ परेका प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४१ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका कार्कीलाई ई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले २०७५ चैत १९ गते प्रभु बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानाजान जाहेरवालालाई झुक्क्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीमाथि उक्त फैसला गरेको थियो ।

कार्कीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय