latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

प्रकाश पाक्साँवा
तेह्रथुम २२ मंसिर

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कार संस्कृति छ । यी समुदायलाई प्रकृति पूजकको रुपमा लिइन्छ । लिम्बू समुदायको आफ्नै मौलिक पर्वहरू छन् । यी पर्वहरूमध्ये चासोक तङनाम अर्थात् (न्वागीपूजा) पनि एक हो । यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ । अन्नबाली लगाउँदा याक्वा गरी अर्थात् प्रकृतिलाई अनुमति मागी अन्नबाली लगाउने गर्छन् । लगाएको अन्नबाली पाकेर पनि कसैले नखाई प्रकृतिलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन रहँदै आएको छ ।

पूर्वको विभिन्न क्षेत्रसँगै तेह्रथुममा पनि भव्य समारोहका साथ मनाइएको छ । विभिन्न कार्यक्रमका माझ चासोक पूजा तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै यो पर्व हर्षाेल्लासका साथ लिम्बू समुदायले मनाएका छन् ।

लिम्बू समुदायमा घर-घरमा नै चासोक मनाउँदै आएको भए पनि पछिल्लो समय यी समुदायको सघन बस्ती रहेको स्थानहरुमा सामूहिक रुपमा मनाउन थालिएको स्थानीय अनिल आंखेवाले बताए ।

उनी भन्छन्, ‘हामीले पहिले पहिले घरघरमै चासोक गर्दै आएका हौँ । हाम्रो संस्कार संस्कृति लोप हुँदै गएपछि सामूहिक रुपमा चासोक तङनाम मनाउन थालेका हौ ।’

पर्वको अवसरमा लिम्बू समुदायको च्याब्रुङ नाच धाननाच प्रदर्शन तथा छेलो हान्ने धनुकाँड हान्ने लगायतका लोप हुँदै गएका खेलहरु समेत सञ्चालन गरिँदै आएका छन् ।

‘मानवजातीले खेतीपातीको क्रममा तागेरानिङवाफ्माङकै देनकै कारण उत्पादन भएका अन्नबालीलाई उहाँलाई नै अनुमति माग्न नै चासोक थिसोक भएको हाे,’ लिम्बू भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाको भनाइ छ ।

पछिल्लो समय लिम्बू समुदायको मौलिक संस्कार संंस्कृति संरक्षणमा यी समुदायको आकर्षण बढ्न थालेको छ । कृषि युगसँगै चासोक पर्वको सुरुवात भएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय