latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
व्युनसआर्यस, २१ मंसिर

अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ ।

तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।
उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ । तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रपतिको भूमिकामा रहनेछिन् । अभियोजनकर्ताहरूले उनलाई १२ वर्ष जेल सजाय माग गरेका थिए ।

फर्नान्डेजले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन् । फैसला पछि बोल्दै उनले आफूलाई ‘न्यायिक माफिया’ को शिकार भएको बताएको एसोसिएटेड प्रेस समाचार एजेन्सीले जनाएको छ । फैसला गर्नुअघि उनले अभियोजनकर्तालाई झुटो बोलेको र गाली गरेको आरोप पनि लगाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय