latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, २१ मंसिर । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् । साथै अध्यक्ष नेपालले पनि थम्पसनको कार्यकालको सफलताको कामना गरेका थिए । साथै नेपाल र अमेरिकाबीचको सम्बन्धसहितका विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएका बेला र नयाँ सरकार गठनका लागि दलहरु आ–आफ्नो रणनीति तय गरिरहेका बेला राजदूत थम्पसनको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तस्बिर सौजन्य : माधव नेपालको सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय