latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, २१९ मंसिर

लमजुङमा करिब ५ महिनाको अवधिमा लैंगिक हिंसासम्बन्धी नाैवटा अपराधका घटना भएका पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म नाैवटा उजुरी परेको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार चालु आर्थिक बर्षमा जबरजस्ती करणीसम्बन्धी अपराध चारवटा भएको पाइएको छ ।

जबरजस्ती करणी उद्योगसम्बन्धी अपराध तीनवटा भएको छ । अवैध गर्भपतनसम्बन्धी एउटा र बालयौन दुरुपयोगका घटना एउटा भएको श्रीमलले बताए ।

आर्थिक बर्ष २०७८/७९ मा ३२ वटा लैंगिक हिंसासम्बन्धी उजुरी परेको थियो । सबैभन्दा धेरै जबरजस्ती करणीसम्बन्धी २० वटा परेको थियो । जबरजस्ती करणी उद्योगको तीनवटा, बालविवाहसम्बन्धी एउटा, बहुविवाहसम्बन्धी पाँचवटा परेको थियो । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा र बालयौन दुरुपयोगसम्बन्धी दुईवटा घटना घटेको थियो ।

यस्तै, आर्थिक बर्ष २०७७/०७८ मा २६ वटा घटना भएको थियो । जबरजस्ती करणीसम्बन्धी १५ वटा उजुरी परेको थियो । जबरजस्ती करणी उद्योगसम्बन्धी चारवटा, बहुविवाहसम्बन्धी पाँचवटा घटना भएको थियो । बोक्सीको आरोपसम्बन्धी एउटा र बालयौन दुरुपयोगसम्बन्धी एउटा उजुरी परेको थियो ।

करिब साढे दुई वर्षको तथ्यांक हेर्दा ६७ वटा लैगिंक हिंसासम्बन्धी अपराध भएको पाइएको छ । विगतका वर्षमा भन्दा घटनामा केही कमी आएको प्रहरीले जनाएको छ ।

नागरिकमा सचेतना वृद्धि भएको, हिंसाप्रति सचेत भएकाले पनि केही कमी आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय