latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
लन्डन, २१ मंसिर

बेलायती प्रहरीले एक सार्वजनिक कार्यक्रममा राजा चार्ल्स द्वितीयलाई अण्डा फ्याँकेको आशंकामा एक २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । एक महिनाअघि उत्तरी बेलायतस्थित योर्कको भ्रमणको क्रममा राजा चाल्र्स अण्डा प्रहारबाट मुश्किलले बचेका थिए । ७४ वर्षीय राजा चार्ल्स सामुदायिक नेताहरू र स्वैच्छिक संस्थाहरूलाई भेट्न, नयाँ सिख मन्दिर उद्दघाटन गर्न र नयाँ सार्वजनिक यातायात प्रणालीको भ्रमण गर्न लुटन गएका थिए थिए ।

नोभेम्बर ९ मा योर्कमा, ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजाले होइन’ भनेर चिच्याउँदै एक व्यक्तिले चार्ल्स र रानी कन्सोर्ट क्यामिलालाई अण्डा फालेका थिए ।

अभियुक्त पछि धरौटीमा रिहा भएका थिए । सो घटना एक महिनाअघि भए पनि बेलायतको प्रहरीले मंगलबार साँझ मात्र सार्वजनिक गरेको हो । सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि राजा चार्ल्स द्वितीय बेलायतको राजा भएका थिए । १० दिने राष्ट्रिय शोकपछि महारानीको अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय