latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
लमजुङ २१ मंसिर
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको परिणमअनुसार लमजुङ जिल्लामा नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । समानुपातिकमा नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ सबै भन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार लमजुङमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले ३१,१७८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७,७९६ मत प्राप्त गरेको छ । निर्वाचनमा भाग लिएका कूल ४७ वटा राजनीतिक दल मध्ये ४ महिना अघि स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई समेत उछिन्दै तेस्रो स्थान बनाएको छ । स्वतन्त्र पार्टीले ८,२१७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ६,४८३ मत मात्र पाएको छ ।

निर्वाचन परिणाम अनुसार चौथोस्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थान बनाएको छ । उसले २,३०८ मत पाएको छ । पाँचौं स्थानमा आएको नेकपा एकीकृत समाजवादीले ५८२ मत प्राप्त गरेको छ ।

लमजुङका दुवै प्रदेश सभातर्फ प्रत्यक्षमा पराजय ब्यहोरे पनि समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेकपा एमालेले प्रदेशतर्फ प्रतिनिधिसभा भन्दा पनि बढी मत अर्थात ३२,८०६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ भन्दा कम अर्थात २६,७८३ मत पाएकाे छ । तेस्रो स्थान बनाएको नेकपा माओवादी केन्द्रले ८,४१४ मत पाएको छ । प्रदेशमा माओवादीले पनि मत बढाएको छ । चौथो स्थान प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २,८३२ मत पाएको छ भने पाँचौ स्थान बनाएको नेकपा एकीकृत समाजवादीले १,१५३ मत पाएको छ ।
निर्वाचनमा प्रदेशतर्फ समानुपातिकमा ३१ दल सहभागी भएक थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय