latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, २१ मंसिर
स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर बोनोले पेनाल्टी सुटआउटमा दुई प्रहार जोगाएपछि मोरक्को कीर्तिमान रच्न सफल भएको हो । स्पेन भने लगातार दोस्रो विश्वकपमा पेनाल्टी सुटआउटको सिकार बन्यो ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मोरक्को ३–० ले जित निकाल्न सफल भयो । अफ्रिकाबाट अन्तिम आठमा मोरक्कोले मात्रै स्थान बनाएको छ ।

मोरक्कोका गोलकिपर बोनोले स्पेनका कार्लाेस सोलर र कप्तान सजिर्र्यो बुस्केट्सको प्रहार जोगाएका थिए । पाब्लो साराबियाको पहिलो पेनाल्टी प्रहार पोस्टमा लागेको थियो ।

मोरक्कोका अब्देसअहमद साबिरी र हकिम जियाचले गोल गरे । बदर बिनुनको प्रहार स्पेनिस गोलकिपर युनाई सिमोनले रोकेपनि अचरफ हकिमीले चौथो प्रहार गोल गरेपनि मोरक्को वि विजयी भएको थियो । पूर्व विजेताविरुद्ध मोरक्को डिफेन्सिभ खेलमा सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय