latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

एजेन्सी
बेइजिङ, २० मंसिर

हालै एक चिनियाँ महिलाले आफ्नो भाइलाई पत्नी खोज्नका लागि पर्याप्त पैसा जुटाउन आफ्नो जीवनको पछिल्लो १२ वर्ष बिताएको दाबी गरेपछि अनलाइनमा विवाद छाएको छ ।

यो सबैलाई थाहा भएको विषय हो कि चीनमा पत्नी पाउन अन्य देशहरूमा भन्दा गाह्रो छ । चीनको अलोकप्रिय एक–सन्तान नीतिको अप्रत्याशित प्रभावमध्येको एक लैंगिक असमानता पनि हो ।

दशकौंदेखि धेरै दम्पतीहरू विशेष गरी ग्रामीण क्षेत्रहरूमा छोराको आशमा गर्भपतन गर्छन् । यसले चीनमा गम्भीर लैंगिक असमानता सिर्जना गरेको छ । पुरुषहरूलाई विवाहका लागि महिला पाउन गाह्रो भएको छ । त्यसैले कतिपय अवस्थामा उनीहरूका परिवारले पुरुषलाई उपयुक्त दुलही खोज्ने सम्भावना बढाउन आर्थिक सहयोग प्रदान गर्छन् ।

गरिब परिवारका पुरुषले बेहुली पाउने सम्भावना यति कम छ कि केही क्षेत्रहरूले छिमेकी देशहरूबाट युवतीहरू आयात गर्न खोजिरहेका छन् । तर, केही परिवारहरू आफ्ना अविवाहित पुरुषहरूका लागि परम्परागत तरिकाले पनि दुलही खोज्न कटिबद्ध छन् ।

उदाहरणका लागि पूर्वी चीनको आन्हुइ प्रान्तकी ३३ वर्षीया महिलाले आफ्नो जीवनको पछिल्लो १२ वर्ष आफ्नो भाइलाई श्रीमती सुरक्षित गर्न पर्याप्त सम्पत्ति छ भनी समर्पण गरिन् ।

नाम नखुलेकी ती महिलाले मियाओवेन भिडियोलाई आफूले मासिक १ लाख युआन (१४,००० डलर) कमाइ हुने सानो रेस्टुरेन्ट सञ्चालन गरिरहेको बताइन् ।
तरm गत १२ वर्षको मुनाफा आफूले प्रयोग गर्नुको सट्टा उनले भाइका लागि १२९ वर्ग मिटरको घर र एउटा नयाँ कारमा लगानी गरेकी थिइन् । उनले आफ्नो रेस्टुरेन्ट पनि उपहार दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय