latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १९ मंसिर

मेगा बैंक नेपाल लिमिटेडकाे ७ पुसमा १२औं वार्षिक साधारणसभा गर्ने भएकाे छ । १४ मंसिरमा बसेकाे बैंक सञ्चालक समितिको ३७७औं बैठकको निर्णयअनुसार बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सभा गर्न लागिएकाे हाे ।

सभामा आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन पारित गारिने छ । मेगा बैंकद्वारा प्रकाशित सूचनाअनुसार १ साउन ०७८ देखि ३२ असार ०७९ सम्मको नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानी विवरण, नगद प्रवाह विवरण, इक्विटी परिवर्तन विवरण, लेखा नीतिसम्बन्धी टिप्पणी विवरणमाथि छलफल गरी पारित गरिने छ ।

नगद लाभांशका लागि केन्द्रीय बैंकले एक करोड दुई लाख ४३ हजार २८० रुपैयाँ ३६ पैसा मेगा बैंकलाई स्वीकृत गरी यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको ४ प्रतिशतले हुने बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाँभिने (मर्जर) प्रकृयामा छन् । साधारणसभा प्रयोजनका लागि बैंकले २३ मंसिर एक दिन बुक क्लोज गरेको र सोको आधारमा २२ मंसिरसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय