latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी

जोहेनसवर्ग, १९ मंसिर

दक्षिण अफ्रिकामा एउटा चर्चको समारोहमा भाग लिइरहेका उपासकहरूलाई नदीमा आएको बाढीले बगाउँदा नौ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् । पानीको बहाब बढेपछि ३० भन्दा बढी मण्डलीहरू नदीको चट्टानमा उभिन बाध्य भएका बीबीसीले जनाएको छ । बाढीले बगाउनै लाग्दा चर्चका पादरी भने रुखको लत्रिएको हाँगामा झुन्डिएर ज्यान जोगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उद्दारकर्ताहरुले जोहेनसवर्गको जुक्सकी नदीमा खोजी कार्य पुनः सुरु गरेका छन् । दक्षिण अफ्रिकाको वर्षाको मौसममा यो नदी बाढीका लागि कुख्यात छ । हराइरहेका व्यक्तिको खोजीमा प्रहरी र अग्नी सेवाका कर्मचारी खटिएका छन् । बाढीमा हराएकामध्ये दुई जनाको शव फेला परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय