latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, १९ मंसिर
सेनेगललाई ३० ले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबार राति अल बयात मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले एक एक गोल गरेका थिए ।

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । इन्जुरी समयमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २० को अग्रता दिलाएका थिए श्र जारी विश्वकपमा उनको पहिलो गोल हो ।

खेलको ५७औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे । विश्वकपमा उनको तेस्रो गोल हो । अब, इंग्ल्यान्डले अन्तिम आठमा साविक विजेता फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय