latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
खोटाङ, १८ मंसिर

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घरेलु हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा जालपाकी लक्ष्मी राईलाई नगद ५० हजार सहयोग गरेको हो ।

मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले लक्ष्मीलाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत नगद रकम हस्तान्तरण गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा विगतमा दिक्तेलबजारमा र्‍याली निकालेर कार्यक्रम गर्नेगरिएकामा यसपल्ट र्‍याली निकाल्ने रकम हिंसा पिडित महिलालाई छानेर प्रदान गरिएको हो ।

लैंगिक हिंसा विरुद्धको अभियानलाई ‘बजारमुखी होईन गाउँमुखी’ बनाउने लक्ष्यका साथ र्‍याली गर्ने खर्चलाई हिंसा पिडित महिलाको सहयोगार्थ उपयोग गरिएको नगरपालिकाले जनाएको छ ।

अभियानकै अवसरमा जालपाका १७३ वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको छ । सात जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय