latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
सप्तरी, १७ मंसिर

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।
नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आज सनिवार हुने साधारण सभामा सहभागी हुन शुक्रबार सर्लाही पुगेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठाभित्रै मृत अवस्थामा भेटिएका हुन् ।

सर्लाहीको लालबन्दीदेखि आट किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण निधन भएको ह‍ो ।
सर्लाहीकै अस्पतालमा पोस्टमार्टमपछि शनिबार नै सप्तरीको राजविराज–७ स्थित उनको घरमा ल्याउने जानकारी नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले दिएका छन् ।

एउटै होटलमा बसेका साथीहरू बिहान चिया खान निस्किँदा उनी न निस्किएपछि उनलाई खोजिएको थियो । उनका चालक हेर्न जाँदा भित्रबाट चुकुल लागेको थियो । उनी राति कोठामा एक्लै सुतेका थिए । उनी सुतेको कोठामा रगत बान्ता भएको तथा उनले सेवन गर्दै आएक‍ो औषधिहरू छरिएको थियो ।

बाहिरबाटै खुलेको र हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देख्दा कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको स्थानीय पत्रकारले बताएका छन् ।
पाँच दशकदेखि सप्तरीको पत्रकारितामा उनको सक्रिय योगदान रहँदै आएको थियोे ।

पछिल्लो तीन वर्षदेखि मधेस प्रदेशमिडिया काउन्सिलको अध्यक्षको जिम्मेवारीमा सम्हाल्दै आएका थिए । वरिष्ठ पत्रकार भट्टराई जीवनकालमा दर्जनौँ पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

सप्तरीको पत्रकारिता क्षेत्र विकासमा उनको महत्त्वपूर्ण योगदान छ। उनको निधनले सप्तरी जिल्लाको पत्रकारिता क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि ठूलो क्षति भएको सहपाठी राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरीले जानकारी दिए।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय