latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लण्डन, १७ मंसिर

बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ ।

बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स )ओएनएस)ले सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो ।

सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता ुनेपालीु बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो । एक दशकमा ती दुई मुलुकहरूमा नेपालीहरूको संख्या ७२।५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको सिएनएसका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तथ्याङ्कअनुसार रसमोर नेपालीको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्र कायमै रहेको छ जहाँ नेपालीको जनसंख्या १० हजार ५७५ पुगेको छ । सन् २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली थिए ।

त्यसपछि दक्षिण पूर्वी लण्डनको ग्रीनीच नेपालीको दोस्रो घना बस्ती रहेको क्षेत्रमा कायमै छ जहाँ नेपालीको संख्या ७ हजार ६४९ रहेको छ । सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्यांक थियो ।

त्यसपछि रेडिङमा ५ हजार ३४४ नेपाली छन् । सन् २०११ को जनगणनामा रेडिङ २ हजार ७३५ नेपालीको जनसंख्यासहित चौथो स्थानमा थियो । सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको देखिएको छ ।

तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी रहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय