latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ १७ मंसिर

लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहत घर भइ हाल बेंसीसहर बस्दै आएका रामकिश्वर राउत ‘भोला पटेल’ लाई पक्राउ गरेको हो ।

लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्ट, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित पक्राउ गरिएको हो । उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट शिवको मूर्ति एक थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको एक थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान, ढलटको सानो पाला ६३ थान, घण्ट १० थान, फुटाएको घण्ट ६ थान, पानस दुई थान, सात वटा बत्ती भएको पानस दुई थान, चरेसका थाली दुई थान, ढलोटका लोटा एक थान, चरेसका कचौरा दुई थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकारका सामग्री बरामद गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय