latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, १६ मंसिर

ट्राफिक प्रहरीले अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधनमाथि कारवाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

अत्यधिक धूँवा फाल्ने १३ र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवासमेत फाल्ने २५ गरी ३८ वटा सवारीसाधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरवार तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले शुक्रबार बिहान बबरमहलमा ५४ वटा सवारीसाधनलाई चेक गर्दा ३८ वटा कारवाहीमा परेका हुन् ।
सवारीसाधन मर्मतपश्‍चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय