latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १६ मंसिर

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका छ । १६५ निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना भइरहेको छ भने समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय दलको मान्यता पाउने सातवटा राजनीतिक पार्टी हुने देखिएको छ भने माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी प्रयासरत अवस्थामा छ ।

२०७४ सालमा पाँच राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका थिए भने यसपटक हालसम्मको परिणामअनुसार दुईवटा थपिएर सातवटा दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने हुन्छ ।

२०७४ सालमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय दलको मान्यता पाएका थिए ।

यसपटक हालसम्मको परिणामअनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दलको मान्यता पाउने पक्का भइसकेको छ । तर, एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्ने प्रयासमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय