
न्युज कारखाना
काठमाडौं, १६ मंसिर
सेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा मुचुअल फन्ड घाटामा गएका छन् । चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार सबैजसो म्युचुअल फन्ड घाटामा छन् । यद्यपि असोजको तुलनामा कात्तिकमा भने उनीहरूले आफ्नो नोक्सानी घटाएका छन् ।
सेयर बजार अस्थिर हुँदा फण्ड तथा सर्वसाधारण लगानीकर्ताले नाफा गर्न सकेका छैनन्। बजार निरन्तर रुपमा बढ्दा नाफा मात्रै गरिरहने अनि एकोहोरो घटिरहँदा घाटा भैरहेको ट्रेन्ड देखिन्छ।
म्युचुअल फन्ड
कात्तिक नाफा/नोक्सान (रुपैयाँमा)
असोज
नाफा/नोक्सान (रुपैयाँमा)
नबिल इक्विटी फन्ड
– ६ करोड ५८ लाख
– ८ करोड २६ लाख
नबिल म्युचुअल फन्ड २
– ६ करोड ५६ लाख
– ७ करोड ७५ लाख
नबिल म्युचुअल फन्ड ३
– ३ करोड ९८ लाख
– ५ करोड ५३ लाख
सिटिजन्स म्युचुअल फन्ड १
-१ करोड ४७ लाख
– २ करोड ५० लाख
सिटिजन्स म्युचुअल फन्ड २
– ८७ लाख ७१ हजार
– १ करोड ७५ लाख
एनएमबि सरल बचत फन्ड इ
– १ करोड ५८ लाख
– २ करोड ५८ लाख
एनएमबि हाईब्रिड फन्ड इल-१
– ४ करोड ९९ लाख
– ५ करोड ७१ लाख
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २
२६ लाख ८९ हजार
– १७ लाख ३३ हजार
लक्ष्मी उन्नति कोष
– ९ करोड ६४ लाख
– १० करोड ८६ लाख
ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १
– १ करोड ३१ लाख
– २ करोड ७३ लाख
ग्लोबल आईएमई समुन्नत योजना १
– ३८ करोड ८६ लाख
– ३९ करोड ९२ लाख