latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १५ मंसिर

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुवैले बधाई साटासाट गरेका थिए ।

निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलतासम्बन्धी प्रतिवेदन बुझाएका थिए ।

नेता खड्का आज त्यही प्रतिवेदन प्रचण्डलाई हस्तान्तरण गर्न खुमलटार पुगेका हुन् । कर्णालीमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा सफलता पाएको छ । प्रतिनिधिसभातर्फ कर्णालीमा एमाले शून्य र प्रदेशमा दुई सिटमा झरेको छ । निर्वाचनमा कहाँ के कसरी तालमेल भई काम गरियो भन्ने विषय प्रतिवेदनमा समेटिएको छ ।

सत्तागठबन्धनले कर्णाली प्रदेशमा कांग्रेस उपसभापति खड्कालाई कमान्डर बनाएको थियो । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय