latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्यूज कारखाना
काठमाडौं, १५ मंसिर

दोलखामा शान्तिपूर्ण मतदान चलिरहेको छ । ४ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवाद उत्पन्न भएपछि रोकिएकोमा बिहीबार पुनः मतदान भएको हो । बिहान ७ बजेखि नै सुरु भएको मतदान अहिले शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न १० वटा मतदान केन्द्रमा जारी निर्वाचनमा हाल झण्डै ३४ प्रतिशत मत खसेको पनि आयोगले उल्लेख गरेको छ । जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नम्बर ३ कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका-३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान चलिरहेको छ ।

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ९४ वटा मतदानस्थल र १९५ मतदान केन्द्र थिए । कुल एक लाख ६१ हजार ४५० मतदाता रहेको उक्त क्षेत्रमा १४ राजनीतिक दल र सात जना स्वतन्त्र नागरिक गरी कूल २१ जना उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय