latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

एजेन्सी
न्युयोर्क, १५ मंसिर

प्रदुषण फैलाएको भन्दै एउटा बातावरणबादी समूहले ८ देशका विभिन्न स्थानमा ९०० वटा गाडीको टायरको हावा फालिदिएको छ । द गार्डियनका अनुसार सोमबार राति र मंगलबार बिहान करिब ९०० स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) को हावा फालिएको वातावरणीय कार्यकर्ता समूह द टायर एक्जिङुइसर्सले दावी गरेको छ ।

‘रातारात समूहले नेदरल्याण्डको एम्स्टर्डम र एन्सेडे, फ्रान्सको पेरिस र लियोन, जर्मनीको बर्लिन, बोन, एसेन, ह्यानोभर र सारब्रुकेन, बेलायतको ब्रिस्टल, लीड्स, लन्डन र डन्डी, स्वीडेनको माल्मो, इन्सब्रुकमा कारबाही गरे । अस्ट्रियामा, स्विट्जरल्याण्डको जुरिच र विन्टरथर र अमेरिकाको न्यूयोर्कमा पनि समूहले कारबाही गरेको छ’ न्युज आउटलेटले रिपोर्ट गरेको छ ।

‘हिजो राती (सोमबार, नोभेम्बर २८ को साँझ र मंगलबार नोभेम्बर २९ को बिहान) आठ देशका नागरिकहरूले लगभग ९०० वटा प्रदूषित एसयूभीहरूमा टायरहरू डिफ्लेसन गरे’ कार्यकर्ता समूहले एक विज्ञप्तिमा भन्यो ।

‘यो इतिहासमा उच्च–कार्बन सवारी साधनविरुद्धको सबैभन्दा ठूलो विश्वव्यापी कारबाही हो’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय