latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

दिलमाया शाही
जुम्ला, १५ मंसिर

नेकपा माओवादी केन्द्रले पोलिटव्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई दिएका हुन् ।

मल्लको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा (४) अनुसार जिल्ला समन्वय समिति जुम्लाको ईन्चार्जको जिम्मेवारी दिईएको छ ।’

जुम्ला इन्चार्जको जिम्मेवारी आफूले पाएको भण्डारीले पनि जानकारी दिए । पार्टीले १५ वर्षपछि फेरि ईन्चार्जको जिम्मेवारी दिएको जानकारी दिँदै भण्डारीले भने, ‘अब पार्टीमा सवैसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’

यसअघि जुम्लामा माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी ईन्चार्जको रुपमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय