latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

एजेन्सी
न्युयोर्क, १५ मंसिर

अमेरिकाको एउटा उडानमा रहेको रहेको विमानले आपतकालीन अवतरण गर्नु परेपछि उडानको नियम विपरित काम गर्ने एक महिला पक्राउ परेकी छिन् । ३७ हजार फिटको उडानमा रहेको विमानको ढोका खोल्ने प्रयास गर्ने महिला पक्राउ परेकी हुन् । पूर्वी जिल्ला अर्कान्ससको एउटा अदालतले जारी गरेको कागजातअनुसार विमानको झ्याल खोल्ने ३४ वर्षीय महिला इलोन एगबेगिनियस पक्राउ परेकी हुन् ।

उडानको विचमा उनले ‘जिससले विमानको ढोका खोल्न भनेको’ भन्दै उनले ढोका खोल्ने प्रयास गरेकी थिइन् । शनिबार हुस्टनबाट कोलम्बसका लागि उडेको साउदवेस्ट फ्लाइटको उडानका क्रममा अचम्मलाग्दो उक्त घटना भएको थियो ।

उडान परिचारकहरूले उनलाई आपत्कालीन एक्जिटमा जानबाट रोकेपछि इलोनले उडानको ढोका खोल्ने प्रयास गरेकी थिइन । महिलाको कदमले अचम्म परेका एक यात्रुले उनलाई रोक्न खोजेका थिए तर महिलाले उनको तिग्रामा टोकिदिएकी थिइन् । विवरणअनुसार महिलाबाट उम्कन ती पुरुषले उनको मुखमा आफ्नो औँला हाल्नु परेको थियो ।

अदालतको कागजात अनुसार ती महिला विमानको पछाडितर्फ पुगेर एक्जिट डोरमा एकहोरो हेरेकी थिइन । विमान परिचार तत्काल घटनास्थलमा पुगेर बाथरुम प्रयोग गर्न वा बस्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय