latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, १५ मंसिर

अर्जेन्टिना र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा स्थान बनाएका छन् । बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेता बनेको हो । पोल्यान्ड पराजित बाबजुद पनि उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो ।

दोहास्थित मैदान ९७४ मा अर्जेन्टिनालाई जिताउन ब्राइटनका एलेक्सिस म्याक एलिस्टर र म्यानचेस्टर सिटीका फरवार्ड जुलियन मार्टिनेजले समान एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा भएका थिए । पहिलो हाफको ३९औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टी चुकाएका थिए ।

खेलसँगै अर्जेन्टिनाले समुह ‘सी’ मा तीन खेलबाट ६ अंक जोडेको छ । पोल्यान्ड र मेक्सिकोको समान चार अंक भएपनि गोलअन्तरमा पोल्यान्ड उपविजेता बन्यो । साउदी अरेबिया भने तीन अंक सहित पुछारमा रह्यो । मेक्सिको र साउदीको समूह चरणसँगै प्रतियोगिताको यात्रा सकिएको छ ।

एकै समयमा भएको खेलमा मेक्सिकोले साउदीलाई २–१ अन्तरले पराजित गरेको हो । अन्तिम समयमा गोल बेहोर्दा मेक्सिको छनोट हुन सकेन । पहिलो खेलमा अर्जेन्टिनालाई २–१ अन्तरले पराजित गरेको साउदी बाँकी खेलमा पराजित हुँदा समूह चरणबाट माथि बढ्न सकेन ।

अब, प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलिया र पोल्यान्डले फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय