latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

बर्दिया, १४ मंसिर

बर्दियाबाट प्रहरीले जंगली जनावरको मासु र अवैध हातहतियार प्रहरीले बरामद गरेको छ । आज बिहान जिल्लाको बासगढी नगरपालिका–८ बनगौडी बस्ने ५० वर्षीय गुलराम थारुको घरबाट विभिन्न अवैध हातहतियार बरामद गरेको प्रहरी चौकी लक्ष्मणले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लक्ष्मण बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज (रम्भापुर सेन्टर) र रम्भापुर आर्मी चेकपोष्टबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान, गज १ थान, डेटोनेटर ८ थान, फलामको छर्रा (सानो र ठूलो) ५ सय १५ वटा, गोलीमा प्रयोग हुने फलामको टुक्रा १ सय ७५ वटा, वारुद १५ ग्राम, केप २५ वटा, चित्तलको मासु जस्तो देखिने सुकुटी १ किलो र बदेलको जस्तो देखिने दारा ४ वटा फेला पारि बरामद गरेको हो ।

गुलरामकी श्रीमती ५० वर्षीय पोटनी थारूलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार गुलरामको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय