latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, १४ मंसिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७/०७८ मा सडक निर्माणमा लागत अनुमान विपरित कार्य गरी अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्दा पुन, सब–इन्जिनियर प्रकाश शाही र सब–इन्जिनियर कुमार बोहराले सडक निर्माणस्थलमा नभएको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई प्रतिवेदन तयार गरेको फेला परेको अख्तियारको भनाइ छ । पुन, शाही र बोहराले बदनियतपूर्बक भए गरेको काम लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको आरोप छ । उनीहरूलाई सात लाख चौध हजार ४१ रुपैयाँ बिगो जरिवाना र कानुनअनुसार सजायको मागदाबी गरिएको छ ।

साथै, सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले फिल्ड भएको वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी गराई कार्य सम्झौता विपरित भुक्तानी लिएको आरोपमा आरोपपत्र दायर गरेको छ । वुढा, कवर र मानदेव कवरबाट सात लाख १४ ७१ रुपैयाँ बिगो जरिवाना र सजायको माग दाबी अख्तियारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय