latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगन्ज सिधा हवाइ उडान थालेको छ । अबदेखि सातामा ३ दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने बुद्ध एयरले जनाएको छ । बुद्ध एयर पोखराका प्रमुख गौतम बरालका अनुसार अहिले १८ सिट क्षमताको १९०० डी बीच क्राफ्ट जहाजमार्फत उडान थालिएको हो ।

पोखराबाट बिहान ९–१० बजे र नेपालगन्जबाट १० बजे उडान हुनेछ। एकतर्फी उडानको समय ३५ मिनेट रहेको छ। भाडादर भने ७ हजार ६ सय ३५, ५ हजार ५ सय ३५ र सस्तोमा ४ हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ। यसअघि सीता एअरले गत फागनु ७ देखि लकडाउन हुने बेलासम्म सातामा दुई दिन चार्टर उडान गर्दै आएको थियो। तालिकामा भने पहिलोपटक बुद्धले उडान थालेको हो। हाल काठमाडौं, भैरहवा र भरतपुर नियमित उडान गर्दै आएको बुद्धले छिटै विराटनगर र सिमरा उडान थाल्नेबताएको छ।

नेपालगन्जसँग सिधा हवाइ उडानले जोडिएपछि आन्तरिक र बाह्य पर्यटकसमेत बढ्ने विश्वास पर्यटन व्यवसायीको छ। विशेषगरी भारतीय सहर लखनउ र कानपुरबाट भारतीय पर्यटक पोखरा आउन सहज हुने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए। ‘पोखराबाट बर्दिया, राराताल जाने र उताबाट पोखरा आउने क्रम बढ्ने विश्वास छ,’ उनले भने, ‘लुम्बिनीको राजधानी दाङ लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशसमेत जोडिएको छ।’

पहिलो उडानका यात्रुलाई पोखराबाट बिदाइ र नेपालगन्जबाट आएकालाई स्वागत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय