latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १४ मंसिर

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ । खसेको एक करोड नौ लाखमध्ये बिहीबार दिउँसो १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित एमाले पहिलो स्थानमा छ । २५ लाख ५९ हजारसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । माओवादी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौं स्थानमा छन् ।

तर, अझै पनि राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादी संघर्षरत छ । बरु पहिलो निर्वाचनमा भाग लिएको जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिलेसम्म दुई लाख ८२ हजार मत प्राप्त गरेको छ । यो मतले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुने भएको छ । अझै दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना गर्न बाँकी छ ।

दोलखाका १० मतदान केन्द्रमा शुक्रबार पुनः मतदान हुँदै छ । त्यसैले सो निर्वाचनमा एकीकृत समाजवादीलाई सत्तागठबन्धनले आफ्नो समानुपातिक मत खसाएमा थ्रेसहोल्ड कट्ने र राष्ट्रिय पार्टी बन्ने सम्भावना पनि बाँकी नै छ । त्यसमा पनि बाजुरा र स्याङ्जा २ मा १० हजार मत प्राप्त गरे एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न पनि सक्छ ।

यसैबीच, माओवादी केन्द्रका नेता हिमाल शर्माले एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन बाँकी मतदान केन्द्रमा कलम चिह्नमा मतदान गर्नुंपर्ने बताएका छन् । नेता शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत सो धारणा अघि सारेका हुन् । उनले लेखेका छन्, ‘गठवन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्तावः पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौ । थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौं ।’

यदि एकीकृत समाजवादीले बाँकी गणनामा दुई लाख ९५ हजार मत ल्याएमा र दोलखाको बाँकी १० मतदान केन्द्रमा कांग्रेस, माओवादीले पनि कलम चिन्हमा मत खसाले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने र कम्तीमा चार सांसद पाउने सम्भावना भने अझै बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय